सडकपेटीमा महिलाले बच्चा जन्माएको घटना छानबिन गर्न समिति गठन
जिल्ला प्रशासन कार्यालय धनुषाले स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डा. सतीशकुमार यादव संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको हो ।
समाचार सुन्नुहोस्
एआई आवाजव्यस्त पाठकहरूका लागि स्वचालित अडियो वाचन
देश२५ भदौ, जनकपुरधाम । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल अगाडि सडकपेटीमा एक महिलाले बच्चा जन्माएको घटना छानबिन गर्न समिति गठन भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डा. सतीशकुमार यादव संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको हो ।
समितिका सदस्यहरूमा राजविराज नगरपालिकाका स्वास्थ्य संयोजक कामेश्वर यादव र सदस्य सचिवमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कमलदेव यादव रहेको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ । बुधबार राजविराज नगरपालिका–१४, पर्साहीकी बबिता पासवानले सडकपेटीमा शिशुलाई जन्मदिएकी थिइन् ।
उनको भिडिओ भाइरल भएपछि चर्को आलोचना भइरहेको छ ।
पाठक प्रतिक्रिया(0 प्रतिक्रिया)
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?
पाठक प्रतिक्रिया तथा टिप्पणी
2 प्रतिक्रियाहरूखबरी दाईको समाचार सधैं निष्पक्ष र तथ्यपरक हुन्छ। यस घटनामा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्छ।
नेपालमा यस्तो समस्या समाधानका लागि दीर्घकालीन योजनाको खाँचो छ। राम्रो विश्लेषणयुक्त खबर!
सम्बन्धित समाचारहरू

नेपाली क्रिकेट टोलीको ऐतिहासिक सफलता : अन्तर्राष्ट्रिय टी-२० शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्यो नेपाल
बिहान ०७:१५ बजे
नेपालमा आधुनिक डिजिटल पत्रकारिताको नयाँ आयाम : 'खबरी दाई' द्वारा सत्य, तथ्य र निष्पक्ष समाचारको नयाँ युग सुरु
बिहान ०८:३० बजे
नयाँ दिल्ली पुगे चिनियाँ राष्ट्रपति सी
बिहान ०९:४५ बजे


