आइतबार, २७ भदौ २०८३|🕒 राति १२:१२ बजे
ताजा अपडेट
ताजा अपडेट
इच्छाराज तामाङलाई पाँच वर्ष ६ महिना कैद
'बच्चाहरू घरमै राख्नुस्, स्कुलका म बचाउँछु' भनेका सुरज आफैँ हराए
खबरी दाई | Khabari Daai
ट्रेन्डिङ:#बजेट२०८३#काठमाडौँट्राफिक#नेपालीक्रिकेट#सेयरबजार#डिजिटलनेपाल

एसियन गेम्समा सहभागी हुन मन्त्री पोखरेल जापान जाने

आउँदो असोज ३ गतेदेखि सुरु हुने एसियन गेम्समा सहभागी हुने २११ सदस्यीय टोलीमा मन्त्री पोखरेल पनि छन्।

खबरी दाई डेस्क
सम्पादकीय टिम
प्रकाशित: २७ भदौ २०८३
दिउँसो ०१:१५ बजे · ३ मिनेट
साझेदार गर्नुहोस्:WhatsAppFacebook

समाचार सुन्नुहोस्

एआई आवाज

व्यस्त पाठकहरूका लागि स्वचालित अडियो वाचन

एसियन गेम्समा सहभागी हुन मन्त्री पोखरेल जापान जाने
खेलकुद

२५ भदौ, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल २०औं एसियन गेम्सका लागि जापान जाने भएका छन् । आउँदो असोज ३ गतेदेखि सुरु हुने एसियन गेम्समा सहभागी हुने २११ सदस्यीय टोलीमा मन्त्री पोखरेल पनि छन्।

Place Your Ad Here - In-Article Content MPU

उनीसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रामचरित्र मेहता नेपाली टोलीको ‘चिफ द मिसन’का रुपमा जापान जानेछन्। डेपुटी ‘चिफ द मिसन’का रुपमा टासी घले छन्। खेलकुद मन्त्री पोखरेलका नीजि सचिव दिवाकर भुजेल पनि मन्त्रालयको अतिथिको रुपमा जापान जाने भएका छन्।

यस्तै शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल, राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्यहरू पवन शाही र शक्ति गौचन तथा अर्थमन्त्रालयका प्रतिनिधि सुवोध खतिवडा पनि जापान जाने सूचीमा छन्। यस्तै राखेपका खेलकुद विकास विभाग प्रमुख सरोज कुमार पोखरेल, राखेप अधिकृत सानुराजा केसी, प्रशिक्षक, प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंह, अकाउन्ट शाखा प्रमुख रिखिराम पोखरेल, खेलकुद विज्ञान तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसुदन बस्नेत, प्रशासन शाखा प्रमुख भोजानन्द राई, राखेपका कार्यालय सचिव सुजनलाल श्रेष्ठ र राखेप स्टोर शाखा प्रमुख देवराज कटुवाल पनि जापान जान लागेका हुन्। यस्तै राष्ट्रिय टोली तयारीका निर्देशक दीपक विष्ट र उपनिर्देशक दीपक श्रेष्ठ पनि जापान जाने सूचीमा छन्।

ℹ️सम्पादकीय सूचना: यो सामग्री विभिन्न राष्ट्रिय समाचार स्रोत तथा खबरी दाई सम्पादकीय डेस्कको तथ्य जाँच एवं समीक्षासहित तयार पारिएको हो।
ट्यागहरू:#खेलकुद#नेपाल#ताजा अपडेट

पाठक प्रतिक्रिया(0 प्रतिक्रिया)

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

पाठक प्रतिक्रिया तथा टिप्पणी

2 प्रतिक्रियाहरू
सभ्य तथा मर्यादित भाषा प्रयोग गरिदिनुहोला।
रमेश अधिकारी
२५ मिनेट अघि

खबरी दाईको समाचार सधैं निष्पक्ष र तथ्यपरक हुन्छ। यस घटनामा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्छ।

सुमन खड्का
१ घण्टा अघि

नेपालमा यस्तो समस्या समाधानका लागि दीर्घकालीन योजनाको खाँचो छ। राम्रो विश्लेषणयुक्त खबर!

Place Your Ad Here - Sidebar Sticky Skyscraper