आइतबार, २७ भदौ २०८३|🕒 राति १२:१२ बजे
ताजा अपडेट
ताजा अपडेट
इच्छाराज तामाङलाई पाँच वर्ष ६ महिना कैद
'बच्चाहरू घरमै राख्नुस्, स्कुलका म बचाउँछु' भनेका सुरज आफैँ हराए
खबरी दाई | Khabari Daai
ट्रेन्डिङ:#बजेट२०८३#काठमाडौँट्राफिक#नेपालीक्रिकेट#सेयरबजार#डिजिटलनेपाल

सिंगापुरका नेपाली समुदायले बाढीपीडितलाई गरे १७ लाख सहयोग

२५ भदौ, काठमाडौं । भोटेकोशी बाढी पीडितका लागि सिंगापुरस्थित नेपाली समुदायले १७ लाख भन्दा बढी सहयोग गरेका छन् । नेपालिज सोसाइटी सिंगापुरले सञ्चालन गरेको सहयोग अभियानमार्फत पहिलो चरणमा १७ लाख रुपैयाँभन्दा बढी रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरिएको छ। सोसाइटीका सदस्य तथा शुभेच्छुकबीच सञ्चालन गरिएको निजी सहयोग संकलन अभियानबाट हालसम्म १४ हजार ४८९ सिंगापुर […]

खबरी दाई डेस्क
सम्पादकीय टिम
प्रकाशित: २७ भदौ २०८३
बिहान ०९:४५ बजे · ३ मिनेट
साझेदार गर्नुहोस्:WhatsAppFacebook

समाचार सुन्नुहोस्

एआई आवाज

व्यस्त पाठकहरूका लागि स्वचालित अडियो वाचन

सिंगापुरका नेपाली समुदायले बाढीपीडितलाई गरे १७ लाख सहयोग
राजनीति

२५ भदौ, काठमाडौं । भोटेकोशी बाढी पीडितका लागि सिंगापुरस्थित नेपाली समुदायले १७ लाख भन्दा बढी सहयोग गरेका छन् । नेपालिज सोसाइटी सिंगापुरले सञ्चालन गरेको सहयोग अभियानमार्फत पहिलो चरणमा १७ लाख रुपैयाँभन्दा बढी रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरिएको छ।

Place Your Ad Here - In-Article Content MPU

सोसाइटीका सदस्य तथा शुभेच्छुकबीच सञ्चालन गरिएको निजी सहयोग संकलन अभियानबाट हालसम्म १४ हजार ४८९ सिंगापुर डलर संकलन भएको थियो। सो रकममध्ये नेपाली रुपैयाँ १७ लाख ११ हजार ५८५ रुपैयाँ ५७ पैसा बराबरको रकम नबिल बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा गत ३ सेप्टेम्बरमा जम्मा गरिएको हो। २ सेप्टेम्बरपछि प्राप्त भएका सहयोग रकम संकलन तथा समायोजन भइरहेको र आगामी चरणमा राहत कोषमा हस्तान्तरण गरिने संस्थाले जनाएको छ।

सोसाइटीले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गरेको छ । अध्यक्ष इन्द्र गुरुङले तत्काल राहतसँगै प्रभावित क्षेत्रको दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणमा समेत सहयोग आवश्यक रहेको बताए।

ℹ️सम्पादकीय सूचना: यो सामग्री विभिन्न राष्ट्रिय समाचार स्रोत तथा खबरी दाई सम्पादकीय डेस्कको तथ्य जाँच एवं समीक्षासहित तयार पारिएको हो।
ट्यागहरू:#देश#नेपाल#ताजा अपडेट

पाठक प्रतिक्रिया(0 प्रतिक्रिया)

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

पाठक प्रतिक्रिया तथा टिप्पणी

2 प्रतिक्रियाहरू
सभ्य तथा मर्यादित भाषा प्रयोग गरिदिनुहोला।
रमेश अधिकारी
२५ मिनेट अघि

खबरी दाईको समाचार सधैं निष्पक्ष र तथ्यपरक हुन्छ। यस घटनामा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्छ।

सुमन खड्का
१ घण्टा अघि

नेपालमा यस्तो समस्या समाधानका लागि दीर्घकालीन योजनाको खाँचो छ। राम्रो विश्लेषणयुक्त खबर!

Place Your Ad Here - Sidebar Sticky Skyscraper