आइतबार, २७ भदौ २०८३|🕒 राति १२:१० बजे
ताजा अपडेट
ताजा अपडेट
इच्छाराज तामाङलाई पाँच वर्ष ६ महिना कैद
'बच्चाहरू घरमै राख्नुस्, स्कुलका म बचाउँछु' भनेका सुरज आफैँ हराए
खबरी दाई | Khabari Daai
ट्रेन्डिङ:#बजेट२०८३#काठमाडौँट्राफिक#नेपालीक्रिकेट#सेयरबजार#डिजिटलनेपाल

विद्युत् सेवा माग्दै रोल्पाली आन्दोलित

२५ भदौ, रोल्पा । ग्रामीण क्षेत्रमा विद्युतीकरणको माग गर्दै रोल्पामा आन्दोलन भएको छ । रोल्पा नगरपालिकाका ग्रामीण भेगमा विद्युतीकरणको काम अघि नबढेको भन्दै स्थानीयहरूले बिहीबार प्रदर्शन गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको रोल्पा वितरण केन्द्रमा पुगेर स्थानीयहरूले विभिन्न माग राख्दै प्रदर्शन गरेका हुन् । रोल्पा नगरपालिका वडा नम्बर ५, ७, ८, ९ र १० का […]

खबरी दाई डेस्क
सम्पादकीय टिम
प्रकाशित: २७ भदौ २०८३
साँझ ०६:२० बजे · ३ मिनेट
साझेदार गर्नुहोस्:WhatsAppFacebook

समाचार सुन्नुहोस्

एआई आवाज

व्यस्त पाठकहरूका लागि स्वचालित अडियो वाचन

विद्युत् सेवा माग्दै रोल्पाली आन्दोलित
देश

२५ भदौ, रोल्पा । ग्रामीण क्षेत्रमा विद्युतीकरणको माग गर्दै रोल्पामा आन्दोलन भएको छ । रोल्पा नगरपालिकाका ग्रामीण भेगमा विद्युतीकरणको काम अघि नबढेको भन्दै स्थानीयहरूले बिहीबार प्रदर्शन गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको रोल्पा वितरण केन्द्रमा पुगेर स्थानीयहरूले विभिन्न माग राख्दै प्रदर्शन गरेका हुन् । रोल्पा नगरपालिका वडा नम्बर ५, ७, ८, ९ र १० का स्थानीयले लिबाङस्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा पुगेर कडा चेतावनीसहित मागपत्र पेस गरेका हुन् । विद्युत् विस्तारका लागि भन्दै गठित संघर्ष समितिले पटक–पटक उपभोक्ता, जनप्रतिनिधिले ध्यानाकर्षण गराउँदा पनि विभिन्न बहानामा आलटाल गरेको भन्दै तत्काल काम अगाडि बढाउन उनीहरूको माग छ । ‘हामीले धेरैपटक विद्युत् प्राधिकरणमा गएर काम अगाडि बढाउन भन्यौँ । ठेकेदारलाई पनि भन्यौँ,’ संघर्ष समितिका संयोजक फणिन्द्र आचार्यले भने,‘जनप्रतिनिधि र जनताको आग्रहलाई बेवास्ता गरिएपछि आन्दोलन गरेका हौँ ।’ अझ पनि माग पूरा नभए थप सशक्त आन्दोलन गर्ने उनले बताए ।

Place Your Ad Here - In-Article Content MPU

बर्खामा सडक, सञ्चार र विद्युत् सेवाबाट आफूहरू वञ्चित हुने गरेको रोल्पा नगरपालिका–१० कि स्थानीय माला रोकामगरले बताइन् । ‘हामीलाई विद्युत् नहुँदा दैनिक कामकाजमा निकै समस्या भइरहेको छ । मोबाइल चार्ज पनि हुँदैन । गाउँमा केही दुर्घटना वा समस्या भयो भने पनि अँध्यारोमा गाह्रो हुन्छ,’ उनले भनिन् । रोल्पा नगरपालिका–१० मा मात्रै करिब २५० घरपरिवार अहिले पनि अन्धकारमा बस्न बाध्य रहेको उनले बताइन् । ‘बाटोमा बिजुलीको पोल फालेर कता गए कता ! कहाँ–कहाँ गएर खोज्नु,’ सोही ठाउँकी बालकुमारी बुढाले भनिन् । दशकौँदेखि विद्युत् सेवा उपलब्ध गराउने भनेर बारम्बार विभिन्न बहानामा जनतालाई ढाँट्दै आएको स्थानीयको गुनासो छ ।

विद्युतीकरण नभएका रोल्पा नगरपालिकाका पाँचवटै वडाका वडाध्यक्षहरू पनि आन्दोलनमा सहभागी थिए । ‘हामीले धेरैपटक प्राधिकरण र ठेकेदार कम्पनीलाई काम छिटो गर्न भन्दैआयौं,’ रोल्पा नगरपालिका–१० का वडाध्यक्ष मतिलाल डाँगीले भने, ‘सधैँ आलटाल मात्र भयो । यो समस्या कसको हो ? अब जनतालाई स्पष्ट भनिदिनुपर्‍यो ।’ नेपाल विद्युत् प्राधिकरण रोल्पा वितरण केन्द्रले भने जिल्लाका ८ वटा गाउँपालिकामा दुईवटा ठेक्का चलिरहेको र रोल्पा नगरपालिका छुट्न गएको प्रतिक्रिया दिएको छ । वितरण केन्द्रका सहायक प्रबन्धक इश्वरबहादुर विष्टले मागलाई सम्बन्धित निकायमा पठाउने बताए । ‘हामीले यहाँका समस्या कार्यालयको तर्फबाट सम्बन्धित निकायमा पुर्‍याउने काम हो । त्यो काम हामीले गर्छौं,’ विष्टले भने ।

ℹ️सम्पादकीय सूचना: यो सामग्री विभिन्न राष्ट्रिय समाचार स्रोत तथा खबरी दाई सम्पादकीय डेस्कको तथ्य जाँच एवं समीक्षासहित तयार पारिएको हो।
ट्यागहरू:#देश#नेपाल#ताजा अपडेट

पाठक प्रतिक्रिया(0 प्रतिक्रिया)

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

पाठक प्रतिक्रिया तथा टिप्पणी

2 प्रतिक्रियाहरू
सभ्य तथा मर्यादित भाषा प्रयोग गरिदिनुहोला।
रमेश अधिकारी
२५ मिनेट अघि

खबरी दाईको समाचार सधैं निष्पक्ष र तथ्यपरक हुन्छ। यस घटनामा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण हुनुपर्छ।

सुमन खड्का
१ घण्टा अघि

नेपालमा यस्तो समस्या समाधानका लागि दीर्घकालीन योजनाको खाँचो छ। राम्रो विश्लेषणयुक्त खबर!

Place Your Ad Here - Sidebar Sticky Skyscraper